युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुँदै
किएभ । युक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हाइडाइले जनाएका छन् । सेभेरोडोनेत्स्कका करिब ९० प्रतिशत भवनहरू सैन्य कारबाहीमा क्षतिग्रस्त भएका पनि उनले बताएका छन् ।
गत सोमबार युक्रेनी उपरक्षा मन्त्री हन्ना मल्यारले रूसी सेनाले पर्सी आइतबार सम्ममा लुहान्स्क कब्जा गर्ने लक्ष्य राखेको बताएकी थिइन् ।
रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ले दुवै देशका नागरिक नराम्ररी प्रभावित भएका छन् ।
युद्धको प्रभाव क्रमशः विश्व अर्थतन्त्रमा पर्दै गएको छ । युरोपेली देशहरूमा ग्यास आपूर्ति अवरुद्ध भएको छ भने खाद्यान्नलगायत सामग्री आपूर्तिमा पनि अवरोध भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया