श्रीमतीको हत्या गरी प्रहरीकोमा पुगे भुसाल
सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर आफ्नै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
दुईजना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन भनी सँगै गएको र आपूmले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरेँ’ भनी भुसाल आफैँ इलाका प्रहरी कार्यालय खनमा गएका थिए । प्रहरी निरीक्षक पौडेलका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ र घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया