NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ६ गते

रूस–यूक्रेन युद्ध : पोल्याण्ड पुग्ने यूक्रेनी फेरि बढे

काठमाडौं (एजेन्सी) । पोल्याण्ड छिर्ने युक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ ।

पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अवििधमा पोल्याण्ड पुग्ने यूक्रेनी नागरिकको सङ्ख्या फर्किनेकोभन्दा पुनः बढी देखिन थालेको उनीहरूले बताए ।

पोलिस सीमा अधिकारीहरूका अनुसार दुई दिनदेखि औसतमा तीन हजारभन्दा बढी युक्रेनीहरू पोल्याण्डमा प्रवेश गरेका छन् । तथ्याङ्क अनुसार बिहीबार यूक्रेनबाट करिब २८ हजार यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए भने २४ हजार पोल्याण्डबाट यूक्रेन गएका थिए । बुधबार यूक्रेन फर्किने सङ्ख्या २६ हजार ३०० रहेको थियो भने पोल्याण्ड जाने सङ्ख्या २३ हजार ५०० रहेको थियो ।

फेब्रुअरी २४ मा रूसले यूक्रेनमा आक्रमण गरेपछि अत्यधिक यूक्रेनीहरू यूरोपेली संघ (ईयू) सदस्य राष्ट्र पोल्याण्डमा बिस्थापित भएका थिए ।

सीमा सुरक्षा बलका प्रवक्ता अन्ना मिकाल्स्काले भने, “फेब्रुअरीमा रूस–यूक्रेनबीचको पछिल्लो युद्धका कारण विगतमा प्रति दिन एक लाख ४० हजारसम्म यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए ।”

युद्ध चलिरहँदा मे महिनाको मध्यसम्ममा धेरै युक्रेनीहरू आगमनभन्दा पोल्याण्डतिर जाने क्रम बढी थियो तर पछिल्लो एक महिनामा यो प्रवाहमा सुस्तता देखिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष