NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

नेकपा एस : प्रेम आलेसहित ६ सांसदद्वारा हस्ताक्षर फिर्ता

काठमाडौं । संसदीय दलको बैठक माग गर्दै हस्ताक्षर गर्ने नेकपा एसका मन्त्रीलगायत ६ सांसदले हस्ताक्षर फिर्ता गरेका छन् ।

पार्टीले सरकारबाट फिर्ता हुन तारन्तार दबाब दिएपछि त्यसलाई चुनौती दिँदै नेकपा एसका मन्त्रीसहित १० सांसदले संसदीय दलको बैठक बोलाउन हस्ताक्षरसहितको पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए । त्यसमध्येका ६ सांसदले शनिबार हस्ताक्षर फिर्ता लिएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेमा पर्यटनमन्त्री प्रेमबहादुर आले, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र धनबहादुर बुढा छन् ।

नेतृत्वसँग सहमतिपछि उनीहरू पूर्वअडानबाट पछि हटेका हुन् या के हो भन्नेचाहिँ खुलेको छैन ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरूले भने आफ्नो अडान यथावत् राखेका छन् ।

नेकपा एसले अहिले बहाल मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बहालवाला मन्त्रीलाई सप्ठ्यारो पर्ने गरी त्यसलाई कार्यान्वयन गर्न आनाकानी गरिरहेका छन् । यसले समाजवादीमा तीव्र हलचल उत्पन्न भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष