क्यान्सरसँग जुध्दै कीर्तिमानी सगरमाथा आरोही, प्रचण्डले भेटे
काठमाडौं । कीर्तिमानी सगरमाथा आरोही शम्भु तामाङ क्यान्सर रोगबाट ग्रस्त भएका छन् । संक्रमणले अवस्था थप बिग्रिएपछि उनी हरिसिद्धिस्थित क्यान्सर अस्पताल भर्ना भएका छन् ।
अस्पतालमा उपचाररत तामाङलाई आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटेका छन् ।
तामाङ उपचाररत हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले आइतबार बिहान तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
तामाङ अहिलेसम्मकै कम उमेरमा सगरमाथाको आरोहण गर्ने व्यक्ति हुन् । सन् १९७३ मे ५ मा सगरमाथाको चुचुरोमा पाइला टेक्दा तामाङ १७ वर्ष ६ महिना ५ दिनका थिए । उनले गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा कम उमेरमा सगरमाथा आरोहण गर्ने भनेर राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया