NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नाइट क्लबमा बीस जना मृत भेटिए

काठमाडौं (एजेन्सी) । दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ ।

उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौं,’ प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनु भएको छ । यद्यपि, अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ ।