सात प्राविधिक कर्मचारीको अधिकृतमा बढुवा सिफारिस

काठमाडौं । विभिन्न प्राविधिक सेवाका सात कर्मचारीको अधिकृतमा बढुवा सिफारिस गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन सेवाका विभिन्न समूहमा कार्यरत सात कर्मचारीको अधिकृतमा बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुनेहरूमा जलरल फरेस्ट्री समूहका अनिलकुमार साह, कमल चित्रकार र चन्द्रदीप खतिवडा छन् ।
त्यसैगरी, फरेस्ट रिसर्च समूहका जनक आचार्य, बोटानी समूहका विष्णुप्रसाद भट्टराई तथा नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूहका दीपेन्द्र पोखरेल र मिलन सापकोटाको नाम पनि बढुवा सिफारिसमा परेको छ ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सात प्राविधिकको बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समिति सचिवालयले जनाएको छ ।
प्रतिक्रिया