NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

धनुषाबाट हतियारसहित तीन भारतीय पक्राउ

काठमाठौं । धुनषाबाट हतियारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बलले सोमबार विदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार तथा २६ वर्षीय सञ्जय कुमार छन् ।

उनीहरू जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बिआर ०६ एपी ३००८ नम्बरको कारमा सवार भएको अवस्थामा पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट मेड इन युएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको छ । उक्त पेस्टोल कारको अगाडिपट्टि सिटमुनि भएको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।