कम्युनिस्ट बिग्रिए भने कुहिएको अण्डाजस्तै हुन्छन् : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरू बिग्रिएपछि कुहिएको अण्डाजस्तै ‘गन्धा’ हुने बताएका छन् । उनले कम्युनिस्टहरू राम्रा भएपछि बिग्रिएपछि संसारमा सबैभन्दा काम नलाग्ने हुने बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । तर, बिग्रिएपछि कम्युनिष्ट जति खराब कोही पनि हुँदैनन्,’ उनले भने, ‘माओत्सेतुङले भनेजस्तो अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जत्ति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छ ।’
प्रचण्डको यसअघि पनि गत पुसमा भएको पार्टीको महाधिवेशनमा यस्तै अभिव्यक्ति दिएका थिए । आज पुनः दाहोर्याएका हुन् ।
आफूले बोल्नेबेला नेताहरू हिँडेपछि प्रचण्डको आक्रोश : अरुले बोलेको चाहिँ सुन्नुपर्दैन ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया