कम्युनिस्ट बिग्रिए भने कुहिएको अण्डाजस्तै हुन्छन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरू बिग्रिएपछि कुहिएको अण्डाजस्तै ‘गन्धा’ हुने बताएका छन् । उनले कम्युनिस्टहरू राम्रा भएपछि बिग्रिएपछि संसारमा सबैभन्दा काम नलाग्ने हुने बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘कम्युनिस्टहरू राम्रा हुन्छन् । वैज्ञानिक हुन्छन् । तर, बिग्रिएपछि कम्युनिष्ट जति खराब कोही पनि हुँदैनन्,’ उनले भने, ‘माओत्सेतुङले भनेजस्तो अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जत्ति गन्धा केही हुँदैन । कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छ ।’
प्रचण्डको यसअघि पनि गत पुसमा भएको पार्टीको महाधिवेशनमा यस्तै अभिव्यक्ति दिएका थिए । आज पुनः दाहोर्याएका हुन् ।
आफूले बोल्नेबेला नेताहरू हिँडेपछि प्रचण्डको आक्रोश : अरुले बोलेको चाहिँ सुन्नुपर्दैन ?
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया