आमाकाे हत्या गर्ने छोरा प्रहरी नियन्त्रणमा
चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए ।
उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् । छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया