NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

यी हुन् कानूनविपरीत सेवा–सुविधा लिने पूर्वप्रधानन्यायाधीश

काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले पनि अहिले कानुनविपरीत गाडी र चालक लिइरहेका छन् । पूर्वप्रधानन्यायाधीशहरू ओमप्रकाश मिश्र, गोपाल पराजुली, सुशीला कार्की, कल्याण श्रेष्ठ, रामकुमारप्रसाद साह, खिलराज रेग्मी, रामप्रसाद श्रेष्ठ, मीनबहादुर रायमाझी र दिलीप पौडेल सर्वोच्चबाट गाडी, चालक र इन्धनको सुविधा लिइरहेको सर्वोच्चको विवरणमा छ ।

सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ (५) मा प्रधानन्यायाधीशलाई उपलब्ध गराएको सवारीसाधनको सुविधा कार्यकाल समाप्त भएको सात दिनसम्म मात्र पाउने व्यवस्था छ । ऐनको दफा ७ (६) अनुसार अवकाशप्राप्त न्यायाधीशले आफैँले खरिद गरी लैजान चाहेमा सो सवारीसाधनको किताबी मूल्य लिई हस्तान्तरण गर्न सकिने भनिएको छ ।

तर, पूर्वप्रधानन्यायाधीशहरूले यो नियम तथा सर्वोच्चकै फैसलाविपरीत सुविधा लिएका छन् ।