भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

महोत्तरी । प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ बस्ने २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमारलाई दुईवटा चार चक्के र एक मोटरसाइकलसहित पक्राऊ गरिएको हो ।
जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा भारतबाट गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना बिआर ०६ बिवाई ५५४५ र डिएल ९ सिक्युएस २६८१ नंको दुईवटा मारुती सुजुकी कार र बिआर ३० एम ७५७४ नंको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया