चट्याङबाट एकजनाको मृत्यु, दुई घाइते
कैलाली । कैलालीमा चट्याङमा परी आज एक महिलाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–१ की ५६ वर्षीया सुगपंखीदेवी चौधरीको चट्याङबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
घर नजिकैको खेतमा रोपाइँ गर्ने बेला उनी चट्याङबाट घाइते भएकी थिइन् । उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा चौधरीको बाटोमै मृत्यु भएको प्रनाउ जोशीले बताए ।
त्यस्तै चट्याङबाट कैलारी–३ का ३२ वर्षीय धनिराम चौधरी र सोही गाउँपालिका–४ का ३४ वर्षीय कृष्ण चौधरी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै खेतमा धानको बीउ निकाल्ने क्रममा चट्याङ पर्न गई दुवै जना घाइते भएका हुन् । दुवैजनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया