NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विद्युत प्राधिकरणमा कर्मचारी मृत फेला

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा कर्मचारी मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २८ रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रोनिक चौथो तहमा कार्यरत ४५ वर्षीय सलेन्द्र हमाल मृत फेला परेका हुन् । उनको स्थायी घर कैलाली रहेको बताइएको छ । उनी काठमाडौं, टोखा नगरपालिका १० बस्दै आएका थिए ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनी सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको  छ ।