एक करोड जरिवाना गरिएका घिसिङ पक्राउ
काठमाडौं । प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २०७८ पुस २७ गते उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा जरिवाना तोकेपछि फरार रामेछापको सुनापति गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने ४३ वर्षीय विनोद घिसिङलाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई आज जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।
घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो ।
घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया