NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वर्षा नरोकिए एमालेको पार्टी कार्यालयमा खोलो पस्ने सम्भावना प्रबल (७ तस्बिरसहित)

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि बिहीबारसम्म भारी वर्षा हुने पुर्वानुमान गरेको थियाे । महाशाखाले अनुमान गरेअनुसार नै मंगलबारदेखि देशका विभिन्न भागमा भारी वर्षा भएर जनजीवन प्रभावित बनेको छ ।

महाशाखाले यो वर्ष वर्षा धेरै हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । यसै परिपेक्षमा, बुधबार अत्याधिक वर्षा भएपछि सडक हिलाम्मे भएका छ्न भने खाल्डाखुल्डीमा पानी जमेर आवागमनमा वाधा पुगेको छ ।

सडकका ठाउँ–ठाउँमा पानी जमेपछि कोटेश्वर–भक्तपुर सडकखण्ड ट्राफिकजाम नै भएको थियो । यसले गर्दा यात्रु मार्कामा परेका थिए । भेल आएपछि सडकमा बनेका खाल्डाखुल्डीमा दुईपाङ्ग्रे सवारीसाधन कुदाउन कठिनाइ भएको यात्रुले बताए ।

भारी वर्षा हुने क्रम नरोकिएमा च्यासलस्थित नेकपा (एमाले)को पार्टी कार्यालयमा मनोहरा खोला पस्ने सम्भावना प्रबल देखिन्छ ।

पार्टी कार्यालयसँगै रहेको बालकुमारी प्रहरी कार्यालय पनि डुबानमा पर्ने सम्भावना छ ।

मनोहरा किनारमा अहिले पर्खाल लगाउने काम धमाधम भइरहेको छ । यस्तो अवस्थामा वर्षा बढेसँगै लगाएको पर्खालसमेत भत्किएको छ ।

 

तस्बिरहरू : अमरदीप श्रेष्ठ/नेपालवाच

ताजा अपडेट

नेपालवाच विशेष