निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त

काठमाडौं । निजामती सेवाको आकर्षण र स्थायी करिअर छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् ।
बुधबार भन्सार विभागले ६६० भन्सार एजेन्ट नियुक्तिको अन्तिम सूचना प्रकाशन गर्दा तीन दर्जनभन्दा बढी बहालवाला निजामती कर्मचारी छन् ।
भन्सार विभाग स्रोतका अनुसार निजामतीको करिअर छाडेर अधिकृतस्तरकै कर्मचारी पनि भन्सार एजेन्ट बनेका छन् । छनोट भएकामध्ये केही निजामती कर्मचारी रहेको भन्सार एजेन्ट छनोट समितिका सदस्यसचिव मानबहादुर पौडेलले बताए ।
यकिन संख्या नभए पनि कम्तीमा तीन दर्जनभन्दा बढी कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । उनीहरूमध्ये अधिकांश राजस्व तथा भन्सारकै कर्मचारी हुन् । बहालवाला कर्मचारी भन्सार एजेन्टमा नियुक्त हुन पाउने या नपाउने भन्ने अन्योलबीच उनीहरू नियुक्त भएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
-
एक सातामा थपिए ८६ जना डेंगु सङ्क्रमित
प्रतिक्रिया