निजामती कर्मचारी पनि भन्सार एजेन्ट नियुक्त
काठमाडौं । निजामती सेवाको आकर्षण र स्थायी करिअर छाडेर कतिपय कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् ।
बुधबार भन्सार विभागले ६६० भन्सार एजेन्ट नियुक्तिको अन्तिम सूचना प्रकाशन गर्दा तीन दर्जनभन्दा बढी बहालवाला निजामती कर्मचारी छन् ।
भन्सार विभाग स्रोतका अनुसार निजामतीको करिअर छाडेर अधिकृतस्तरकै कर्मचारी पनि भन्सार एजेन्ट बनेका छन् । छनोट भएकामध्ये केही निजामती कर्मचारी रहेको भन्सार एजेन्ट छनोट समितिका सदस्यसचिव मानबहादुर पौडेलले बताए ।
यकिन संख्या नभए पनि कम्तीमा तीन दर्जनभन्दा बढी कर्मचारी भन्सार एजेन्टमा नियुक्त भएका छन् । उनीहरूमध्ये अधिकांश राजस्व तथा भन्सारकै कर्मचारी हुन् । बहालवाला कर्मचारी भन्सार एजेन्टमा नियुक्त हुन पाउने या नपाउने भन्ने अन्योलबीच उनीहरू नियुक्त भएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया