२२ वर्षपछि नियुक्त भन्सार एजेन्टले के गर्छन् ?
काठमाडौं । २२ वर्षपछि पहिलोपटक भन्सार एजेन्ट नियुक्त गरिएको छ ।
०५७ मा ५६ जना एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति गरिएको थिएन । सरकारले हालसम्म चार सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । तर, करिब दुईतिहाइ एजेन्ट निष्क्रिय छन् ।
लामो समयदेखि भन्सार एजेन्ट नियुक्ति नहुनु र भएका पनि अधिकांश निष्क्रिय हुँदा अन्तर्राष्ट्रिय व्यापारमा समस्या देखिएका थिए । यसबीचमा भन्सार नाका र वैदेशिक व्यापार दुवै बढे पनि भन्सार सहजीकरण गर्ने एजेन्ट नहुँदा समस्या निम्तिएका छन् ।
यसैलाई केन्द्रित गरेर विभागले ०७७ फागुनमा भन्सार एजेन्टका लागि दरखास्त माग गरेको थियो । तर, कोभिड– १९ को महामारी, विवाद, प्रक्रियागत सुस्तताका कारण नियुक्तिमा ढिलाइ भएको थियो ।
निकासी–पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्न सक्छन् । भन्सार एजेन्टलाई आयात–निर्यात हुने मालवस्तुको धनीसरहसमेत मानिन्छ । तर, भन्सार एजेन्ट बन्न भने विभाग वा कार्यालयबाट अनुमतिपत्र लिनुपर्छ ।
विभागले समय–समयमा सार्वजनिक सूचना प्रकाशनमार्फत दरखास्त मागेर लिखित र अन्तर्वार्ताका माध्यमबाट भन्सार एजेन्टको इजाजतपत्र दिन सक्ने भन्सार ऐन, २०६४ (२०७६ दशौँ संशोधन) को व्यवस्था छ । भन्सार एजेन्टमा छनोट भएका व्यक्तिसँग सात हजार रुपैयाँ राजस्व र धरौटीबापत सात लाख रुपैयाँ नगद वा सो रकमबराबरको बैंक जमानत लिई नियुक्त दिइने भन्सार नियमावली, २०६४ (२०७६ दशौँ संशोधन) मा व्यवस्था छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया