चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

कामठाडौं (एजेन्सी) । युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।
जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामथ्र्य बढाउन सहयोग गरेको झोकमा चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो ।
वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ । तीनवटा चिनियाँ कम्पनीले रूसी सेनालाई सहयोग गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रूसलाई सामग्री आपूर्ति गरेका थिए ।
आजको कारबाहीले रूसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रूसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङटनले दिएको छ । कम्पनीहरू कालोसूचीमा परेपछि वाणिज्य विभागले उनीहरूका सामान स्वीकार गर्दैन र व्यापार गर्न पुनः उक्त विभागबाट अनुमति लिनुपर्ने हुन्छ ।
अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया