रणनीतिक हिसाबले महत्वपूर्ण स्नेक आइल्यान्डबाट पछि हट्याे रुस
काठमाडौं । फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनमा आक्रमण गरेपछि पूर्वी ब्ल्याक सीको प्रभुत्वको लागि एउटा सानो युक्रेनी टापु नियन्त्रणका संघर्ष गरेको रुसी फौज त्यहाँबाट पछाडि हटेको छ । रणनीतिक हिसाबमा महत्त्वपूर्ण रहेको स्नेक आइल्यान्डमा युक्रेनी प्रतिरोधका रुसी सेना हटेको दाबी युक्रेनले गरेको छ ।
संयुक्त राष्ट्र संघलाई युक्रेनबाट कृषि उत्पादन ढुवानी गर्न मानवीय मार्ग प्रशस्त गर्न आफ्ना सेना त्यहाँबाट निकालेको रुसले जनाएको छ ।
स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ । स्नेक टापु युक्रेनको किनारबाट ४० किलोमिटरको दुरीमा रहेको छ ।
युद्ध सुरु भएसँगै रुसी पानीजहाजविरुद्ध युक्रेनी सेनाहरु लडेका कारण चर्चित भएको स्नेक आइल्यान्डबाट रुस पछि हट्नुलाई महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।
स्नेक आइल्यान्ड युक्रेनका रुसले नाकाबन्दी लगाएर खाद्यान्न निर्यात रोकेको ब्ल्याक सिको ओडेसासहित अन्तिम तीन बाँकी व्यावसायिक बन्दरगाहमा पानी नियन्त्रण गर्नका लागि पनि महत्वपूर्ण छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया