इजरायलमा लापिद प्रधानमन्त्री बन्ने, बेनेट चुनावमा नजाने
काठमाडौं (एजेन्सी) । इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ ।
बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् पनि विघटन भएको छ ।
संसद विघटन भएसँगै इजरायलमा फेरि निर्वाचन गर्नुपर्ने भएको छ । पछिल्लो चार बर्षमा इजरालयमा पाँच पटक निर्वाचन हुन लागेको हो । निर्वाचन आगामी नोभेम्बर १ मा गर्ने पनि तय भएको छ । तर निर्वाचन हुनुअघि चुनावी सरकारको नेतृत्व भने वर्तमान विदेश मन्त्री येर लापिदले गर्ने अपेक्षा गरिएको छ ।
येश अतिद पार्टीका नेता लापिदलाई शक्ति बाँडफाँडको सहमति अनुसार बेनेटले नै जिम्मेवारी हस्तान्तरण गर्ने भएका हुन् ।
बेनेटले लापिदलाई प्रधानमन्त्री बनाउने भए पनि आगामी निर्वाचनमा भने सहभागिता नजनाउने भएका छन् ।
उनले आफ्नो पार्टीका कुनै पनि सदस्यले आगामी संसदीय निर्वाचनमा भाग नलिने स्पष्ट पारे ।
संसदले उनको अपेक्षाविपरीत अग्रीम निर्वाचनको घोषणा गरेकाले अग्रीम निर्वाचनमा सहभागी हुन उपयुक्त नहुने निष्कर्ष उनले निकालेका हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया