प्रचण्डलाई भेट्न नायक राजेश हमाल बिहानै किन पुगे खुमलटार ?
काठमाडौं । नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । प्रचण्डलाई भेट्न शुक्रबार बिहान ८ बजे हमाल खुमलटर पुगेका थिए ।
करिब आधा घण्टाको बसाईमा प्रचण्ड र हमालबीच सामान्य कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
‘अध्यक्ष र हमालबीच सामान्य कुराकानी भयो । कुनै राजनीतिक कुराकानी गर्न आउनु भएको पनि होइन । उहाँ माओवादी प्रवेश गर्न लाग्नुभएको पनि होइन’, मल्लले भने, ‘चलचित्र क्षेत्रभित्र देखिएका समस्या लगायत विषयमा सामान्य छलफल भयो ।’
प्रचण्ड र हमालको इच्छा अनुसार नै संगीतकार चेतन सापकोटाले भेटको चाँजोपाँजो मिलाएका थिए । पछिल्लो समय राजनीतिमा आउन इच्छा देखाएका हमाल र प्रचण्डबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया