गाडीको ठक्करबाट युवकको मृत्यु

मलङ्गवा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
उनका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो ।
घाइते युवकलाई तत्कालै नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न रहेको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया