NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

फेरि मन्त्री फेर्ने तयारी, को जाँदैछन् ? को आउँदैछन् ?

काठमाडौं । जसपामा तनावको स्थिति आएपछि फेरि मन्त्रीहरू परिवर्तन हुने भएको छ । जसपाबाट डा. बाबुराम भट्टराई पक्ष अलग्गिने भएसँगै जसपाका मन्त्रीहरू फेरिने भएका हुन् । अध्यक्ष उपेन्द्र यादवले नै मन्त्री फेर्ने तयारी भएको बताएका छन् ।

जसपाले बाबुराम निकट रहेका कृषिमन्त्री महिन्द्रराय यादवलाई मुख्य निशाना बनाएका छन् । उनीबाहेहक भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई पनि फेर्ने तयारी छ । उनी उपेन्द्र निकटकै हुन् । त्यस्तै, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई पनि फेर्ने तयारी भएको छ । यादव पनि उपेन्द्र निकटका हुन् ।

को बन्दैछन् मन्त्री ?

मन्त्री फिर्ता बोलाएपछि उपेन्द्रले पार्टीका तर्फबाट प्रदीप यादव, इस्तियाक राई र अर्को एक सांसदलाई मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

गत असोजमा नै मन्त्रीहरूलाई ६ महिनापछि फिर्ता बोलाउने समझदारी भएको दाबी गरिएको छ । यस्तै आलोपालो प्रणालीमा नेकपा एकीकृत समाजवादीले पनि केही दिन अघि मन्त्री हेरफेर गरेको थियो ।

सत्ताको नेतृत्वकर्ता दल कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भए पनि प्रधानमन्त्री देउवाले अहिले मन्त्री परिवर्तन नगर्ने मनस्थिति बनाएका छन् ।
अहिलेकै मन्त्रीको बलमा स्थानीय तहको निर्वाचनमा राम्रो नजिता आत्मसात गरेको भन्दै देउवाले प्रतिनिधिसभा र प्रदेशको निर्वाचन अघि कांग्रेसबाट मन्त्री नफेर्ने नीति लिएका हुन् ।

कांग्रेसमा पनि नयाँ मन्त्रीको खोजी ! को–को छन् आकांक्षी ?

नेकपा एसबाट नियुक्त भएका नवनियुक्त चार मन्त्रीमा गैरसांसददेखि एकै जिल्लाका दुई जनासम्म