रविको पार्टी दर्ता : नामले मान्यता पायो, घण्टीमा घेरा लाग्यो

काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई आयोगले शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिएको छ ।
पार्टीको नाम स्वतन्त्र राखिएको भन्दै स्वतन्त्र अभियानकर्ताहरूले आयोगमा दुईवटा उजुरी दिएका थिए सो खारेज गर्दै आयोगले लामिछानेको दललाई मान्यता दिएको छ ।
तर, प्रस्तावित चुनाव चिन्ह घण्टीले भने मान्यता पाएन । सो अर्कै पाटीको चुनाव चिन्ह भएकाले मान्यता नदिएको आयोगले जनाएको छ ।
आयोगले लामिछानेलाई गोलाकारभित्रको घण्टी चुनाव चिन्ह दिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया