समलिंगी विवाहलाई स्विट्जरल्याण्डमा कानूनी मान्यता
काठमाडौं । विवाह पुरुष र महिलाबीच गरिन्छ । तर त्यहाँ बर र बधु महिल–पुरुष थिएनन् । एउटै लिंगका थिए । पुरुषको जोडी पुरुष र महिलाको जोडी महिला नै थिए । उनीहरूले एकले अर्कोलाई अँगादै चुम्बन गरे र जीवनभर साथ दिने कसम खाए । यसमध्ये केही विगतदेखि सँगै रहँदै आएका पनि थिए ।
यो अनौठो दृश्य हो, स्विट्जरल्याण्डको । त्यहाँको सरकारले जुलाई १ मा समलिंगी विवाहलाई मान्यता दिएपछि विगतदेखि नै सम्बन्धमा रहेका र कानूनी तगारोले रोकिएकाले विवाह गरेका छन् ।
स्विट्जरल्याण्डमा समलिंगी विवाह ठूलो राजनीतिक मुद्दा बनेको थियो । ९ महिनाअघि यसबारे भएको जनमत संग्रहमा विवाहको पक्षमा ६४ प्रतिशत मत खसेको थियो ।
समलिंगी विवाहको पक्षमा जनमत देखिएपछि त्यहाँको सरकारले कानून बनाएरै यसलाई मान्यता दिएको हो ।
कानून अभावमा रहेर पनि वैवाहिक मान्यता नपाएका र र विवाह गर्नबाट पछि हटेका जोडीलाई अब अन्य लिंगीलाई जस्तै अधिकार र स्वतन्त्रता प्राप्त भएको छ ।
हेर्नुहोस् भिडियो
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया