समलिंगी विवाहलाई स्विट्जरल्याण्डमा कानूनी मान्यता

काठमाडौं । विवाह पुरुष र महिलाबीच गरिन्छ । तर त्यहाँ बर र बधु महिल–पुरुष थिएनन् । एउटै लिंगका थिए । पुरुषको जोडी पुरुष र महिलाको जोडी महिला नै थिए । उनीहरूले एकले अर्कोलाई अँगादै चुम्बन गरे र जीवनभर साथ दिने कसम खाए । यसमध्ये केही विगतदेखि सँगै रहँदै आएका पनि थिए ।
यो अनौठो दृश्य हो, स्विट्जरल्याण्डको । त्यहाँको सरकारले जुलाई १ मा समलिंगी विवाहलाई मान्यता दिएपछि विगतदेखि नै सम्बन्धमा रहेका र कानूनी तगारोले रोकिएकाले विवाह गरेका छन् ।
स्विट्जरल्याण्डमा समलिंगी विवाह ठूलो राजनीतिक मुद्दा बनेको थियो । ९ महिनाअघि यसबारे भएको जनमत संग्रहमा विवाहको पक्षमा ६४ प्रतिशत मत खसेको थियो ।
समलिंगी विवाहको पक्षमा जनमत देखिएपछि त्यहाँको सरकारले कानून बनाएरै यसलाई मान्यता दिएको हो ।
कानून अभावमा रहेर पनि वैवाहिक मान्यता नपाएका र र विवाह गर्नबाट पछि हटेका जोडीलाई अब अन्य लिंगीलाई जस्तै अधिकार र स्वतन्त्रता प्राप्त भएको छ ।
हेर्नुहोस् भिडियो
ताजा अपडेट
-
सरकार परिवर्तन कसैले चलाएको हल्ला हो : परराष्ट्रमन्त्री डा राणा
-
गाजामा खाद्यान्न, इन्धन र खोपको अभाव
-
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
-
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
-
कश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह
प्रतिक्रिया