युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ ।
युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेको जनाइएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो ।
नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।
भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गरेका थिए ।
प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेको र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गरेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया