बैतडीबाट पाँच महिलाको उद्धार
बैतडी । जिल्लामा मानसिक समस्या भएका पाँच महिलाको उद्धार गरिएको छ । उनीहरुलाई जिल्लामा विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
मानसिक समस्या भएर लामो समयदेखि बेवारिसे महिलाहरुको उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
जिल्लाको शिवनाथ गाउँपालिकाबाट दुई, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट एक–एक जनाको उद्धार गरिएको उनले बताए ।
धनगढीमा रहेको दृष्टि फाउन्डेशन संस्थासँग सहकार्य गरेर उनीहरुको उद्धार गरिएको उनले बताए ।
उद्धार गरिएका मानसिक समस्या भएका महिलाहरुका लागि आवश्यक औषधि स्वास्थ्य कार्यालय बैतडीले व्यवस्था गर्नेछ । निःशुल्करूपमा खाना र बासको व्यवस्थासहित मनोसामाजिक परामर्श फाउन्डेशनले गर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया