असार २४ मा हरिहर र नीताले लगनगाँठो कस्ने
काठमाडौं । चर्चित ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले विवहा गर्ने भएका छन् । विगत चार वर्षदेखि अंकुराएको प्रेम सम्बन्धलाई उनीहरूले यही असार २४ मा विवाहमा परिणत गर्न लागेका हुन् ।
सार्वजनिक भएको उनीहरूको विवाहको कार्ड अनुसार हरिहर र नीता द्वयले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गर्दै छन् । नजिकका आफन्त र साथीभाइको उपस्थितीमा विवाह हुने भएको हो । विवाहको रिसेप्सन भने असार २६ मा हुने जनाइएको छ ।
उनीहरू दुबैले फिल्म ‘हस्र्व दीर्घ’ निर्माण गर्नेबारे यसअघि घोषणा गरिसकेका छन् । फिल्ममा बलिउड अभिनेता प्रदीप राम सिंह रावत पनि अनुबन्धित भएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया