प्रचण्डपुत्री गंगा र ज्वाइँ जीवनदेखि दिननाथकी छोरीसम्म माओवादीका केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । माओवादी केन्द्रको बसेको पहिलो केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय समिति बिस्तार गरेकोे छ ।
केन्द्रीय समिति सदस्यमा मनोनीत हुनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहालदेखि ज्वाइँ जीवन आचार्यसम्म छन् ।
त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय सदस्य बनेकी छिन् ।
प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो । त्यसपछि उनी केही समय पछि हटेका थिए ।
तर आज पुनः मनोनीत गर्न सफल भएका छन् ।
माओवादी केन्द्रको बैठकले आज ३७३ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो । ३७७ जना केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको ठाउँ खाली राखिएको छ ।
त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । यसमा पनि ८ जनाको नाम खाली राखिएको छ । जम्मा ९४ जना हुने पर्ने थियो ।
यसअघि केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि थपिएको थियो ।
हेरौं केन्द्रीय सदस्यको सूची :
प्रतिक्रिया