लागुऔषधसहित चारजना पक्राउ
बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भइ बागलुङ बजार ल्याइएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको हो ।
फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित शङ्कास्पद चार व्यक्ति पक्राउ परेका हुन् । आज दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नं को बसबाट लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कमब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागुऔषध बरामद भएको थियो ।
सुराकीको आधारमा प्रहरी उक्त बस बुर्तिबाङ प्रवेश गरेदेखिनै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागुऔषध बरामद भएपछि उनीहरुलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागुऔषधको कारोबार गर्नेहरु बढेको सूचना प्रहरीले पाएको थियो । बरामद भएको लागुऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रानाले बताइन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया