NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

महामन्त्री थापापछि सभापति देउवानिकट उपसभापति खड्का पनि बोले अर्थमन्त्री प्रकरणबारे

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला व्यापारी घरानानिकट अनाधिकृत व्यक्तिहरू प्रवेश गराइ बजेटमा करकाे दर हेरफेर गरेको आरोप लागेको छ । यसलाई लिएर प्रतिपक्षी एमालेमात्र नभएर सत्ता गठबन्धनमै आबद्ध दल कांग्रेससमेत विरोधमा उत्रिएको छ ।

सोमबारमात्र महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई बर्खास्त गरिनुपर्ने माग गरेका थिए । थापा शेखर कोइरालानिकट भएकाले त्यसलाई स्वाभाविक नै मानिएको थियो ।

गगनकाे माग : अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, कि प्रधानमन्त्रीले हटाउनुपर्छ

तर, आज प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने उपसभापति पूर्णबहादुर खड्काले पनि अर्थमन्त्री शर्माको विवादबारे तत्काल छानबिन गर्न सामाजिक सञ्जालमार्फत माग गरेका छन् ।

अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति बनाउन उपसभापति खड्काले माग गरेका हुन् ।

‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद् र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ,’ उनले फेसबुकमा लेखेका छन् , ’विगतमा पनि संसदको यस्तो परम्परा छ । बरु ढिलो नगरौं आजै टुङ्गो लगाउँ ।’

देउवानिकट उपसभापति खड्काको अभिव्यक्तिले अर्थमन्त्री शर्माको जागिर धरापमा परिरहेको भन्ने बुझ्न सकिन्छ ।

अर्कोतिर, अर्थमन्त्री शर्माकै पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि यस प्रकरणबारे के गर्ने भनेर पार्टीभित्रै परामर्शमा लागेका छन् । मंगलबार मात्रै उनले सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेका थिए ।

अर्थमन्त्री प्रकरण : प्रचण्ड र सभामुखबीच के कुरा भयो ?