दीपिकाको मातृभाषा सिक्दै रणवीर

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट गर्भवती भएसँगै सामाजिक सञ्जालमा दीपिका पादुकोण र रणवीर सिंहलाई लिएर थुप्रै ट्रोल बने ।
यता अभिनेता रणभीर सिंह भने भविष्यमा जन्मिने सन्तानका लागि श्रीमती तथा अभिनेत्री दीपिका पादुकोणको मातृभाषा कोंकणी सिक्न थालेका छन् । भविष्यमा आफ्ना बच्चासँग कोंकणीमा संवाद गर्न सहज होस् भनेर आफूले पनि यो भाषा सिकिरहेको रणवीरले एक कार्यक्रममा बताएका हुन् ।
पछि गएर आफ्ना बच्चासँग दीपिकाले कोंकणीमा कुरा गर्ने र आफूले नबुझ्ने अवस्था आउन नदिनका लागि भाषा सिकिरहेको उनले बताएका छन् । योसँगै उनी दीपिकाले बच्चाहरूलाई आफ्नो विरुद्धमा नभड्काओस् भन्ने पनि चाहन्छन् ।
पादुकोण र सिंहद्वय केही समयअघि भारतीय क्रिकेटका पूर्व कप्तानको जीवनीमा आधारित फिल्म ‘८३’ मा देखिएका थिए । हाल दीपिका ‘फाइटर’, ‘पठान’ लगायतका फिल्ममा व्यस्त छिन् । रणवीर यतिबेला ‘सर्कस’ र ‘रकी और रानी क प्रेम कहानी’ मा व्यस्त छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया