NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बेलायतका मन्त्रीहरुले किन छोडे प्रधानमन्त्री बोरिसको साथ

लन्डन । बेलायतमा मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारका दुई ठूला मन्त्रीले प्रधानमन्त्रीको देश चलाउने क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा दिएका छन् । पार्टीमा सहायक प्रमुख सचेतक नियुक्तिकाे निर्णयमा विवाद हुँदा ती मन्त्रीहरूले केही मिनेटकाे फरकमा राजीनामा दिएका हुन् । मन्त्रीहरूकाे राजीनामासँगै बाेरिसकाे सरकार संकटमा परेकाे छ ।

यो संकट एक सेक्स स्क्यान्डलबाट उत्पन्न भएको हो, जसमा प्रधानमन्त्री बोरिस जोनसनको नजिकका सांसद संलग्न रहेको दाबी गरिएको छ ।

आफ्नो राजीनामा पत्रमा अर्थमन्त्री ऋषि सुनकले बेलायती नागरिकले सरकारले ‘सही, सक्षम र गम्भीर’ ढंगले काम गरोस् भन्ने अपेक्षा गरेका छन् भनेर लेखेका छन् ।

यी दुवै राजीनामापछि सरकार टिक्न नसक्ने चर्चा सुरु भएको छ र त्यसपछि विपक्षीले पनि प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

लिबरल डेमोक्रेटिक पार्टीका नेता एड डेभीले बोरिस जोनसनलाई राजीनामा दिन आह्वान गर्दै उनको कार्यकाललाई ‘असफल भएको अराजक सरकार’ भनेका छन् । बेलायतमा सरकारले अविश्वासको प्रस्तावको सामना गरेको एक महिनामै बेलायती प्रधानमन्त्रीको राजीनामाको माग आएको हो । अविश्वासको प्रस्तावमा बाेरिसका आफ्नै पार्टीका ४१ प्रतिशत सांसदले उनको विपक्षमा मतदान गरेका थिए ।

त्यसअघि पनि बोरिस जोनसन कोरोना महामारीको समयमा प्रतिबन्धका बाबजुद प्रधानमन्त्री निवासमा पार्टी गरेका कारण पनि विवादमा परेका थिए ।

के हाे स्क्यान्डल ? 

जुन ३० मा बेलायती अखबार ‘द सन’ ले प्रकाशित गरेको एक रिपाेर्टमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्य क्रिस पिन्चरले लन्डनको एक निजी क्लबमा दुई जना पुरुषलाई आपत्तिजनक ढंगले छोएको दाबी गरिएको थियो ।

यसै वर्ष फेब्रुअरीमा मात्रै बोरिस जोनसनले पिन्चरलाई पार्टीको सहायक प्रमुख सचेतकको रूपमा नियुक्त गरेका थिए । ‘द सन’को रिपोर्ट आएपछि पिन्चरले राजीनामा दिनु पर्यो । तर केही दिनमै बेलायती सञ्चारमाध्यममा यस्ता थप रिपोर्टहरू आएका छन् । यही वर्षमा नै पिन्चरको यौन दुर्व्यवहारको कम्तीमा छवटा थप घटनाहरू रिपोर्ट गरिएका छन् ।

यी घटना बाहिरिएपछि पिन्चरलाई पार्टीबाट निलम्बन गरिएको थियो । उनले माफी मागेर अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन् ।

यस सेक्स स्क्यान्डलमा बोरिस जोनसन प्रत्यक्ष संलग्न नभए पनि यसले उनलाई समस्यामा पारेको छ ।

एकातिर उनको चुनावमा प्रश्न उठिरहेको छ । यसैबीच यस विषयमा उनको सरकारले लिएकाे अडानको पनि आलोचना भइरहेको छ । जुलाई १ मा बेलायत सरकारले पत्रकारहरूलाई  नियुक्ति अघि पिन्चरबारेका कुनै पनि आरोप प्रधानमन्त्रीलाई जानकारी नभएको बताएको थियाे । एक सरकारी प्रवक्ताले प्रधानमन्त्री पिन्चरविरुद्ध लगाइएको ‘विशेष आरोपहरू’ प्रति जानकार नभएको बताए ।

यसपछि पनि उनका धेरै मन्त्रीहरूले पिन्चरकाे घटना दोहोर्‍याए । यद्यपि, जुलाई ४ मा, प्रवक्ताले प्रधानमन्त्रीलाई सुल्झाउन नसकेको वा औपचारिक उजुरी प्राप्त नभएका आरोपबारे जानकारी रहेको बताए । यी आरोपहरू प्रमाणित नभएकाले पिन्चरको नियुक्ति रोक्नु उचित नभएको पनि प्रवक्ताले बताए ।

सोही दिनको दिउँसो बोरिस जोनसनलाई २०१९/२० मा पिन्चरविरुद्ध परराष्ट्रमन्त्री हुँदा औपचारिक उजुरीको जानकारी दिइएको थियो । यस उजुरीमा थप अनुशासनात्मक कारबाही पनि गरिएकाले पिन्चरले दुर्व्यवहार गरेकाे पुष्टि हुन्थ्याे ।

पछि, बोरिस जोनसनले भने, ‘मसँग एउटा गुनासो आएको थियो तर यो धेरै पुरानो कुरा हो र मौखिक रुपमा मात्र भनिएको थियो । यो कुनै बहाना थिएन, मैले पिन्चरलाई कारबाही गर्नुपथ्र्यो ।’

प्रधानमन्त्रीले पिन्चरको नियुक्ति गल्ती भएको र उनले आफूले गरेको नराम्रो व्यवहारप्रति पीडितसँग माफी मागेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले सरकार चलाउन नसकेको भन्दै बेलायतका स्वास्थ्य र अर्थमन्त्रीले दिए राजीनामा