NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बेलायती प्रधानमन्त्रीले पार्टीबाट राजीनामा दिने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट बिहीबार राजीनामा दिने भएका छन् । तर उनी शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा रहनेछन् ।

प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक प्रवक्ताका अनुसार उनले देशलाई सम्बोधन गर्नेछन् ।

कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ ।

पछिल्ला दुई दिनमा बोरिस जोनसनको क्याबिनेटका धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा छन् ।

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै बेलायतमा मन्त्रीहरुको राजीनामा सुरु भएको छ । उनीहरु दुवैले प्रधानमन्त्री बोरिसको नेतृत्वमा अब विश्वास नभएको भन्दै राजीनामा दिएका थिए । सांसद क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक बनाएपछि विवाद सुरु भएको हो ।

प्रधानमन्त्री बोरिसले पनि सांसद पिन्चरलाई आधिकारिक जिम्मेवारी दिएकोमा माफीसमेत मागेका छन् । तर, मन्त्री र सांसदले भने यो कुरा स्वीकारेनन । बोरिस जोनसनले यस वर्षको सुरुमा पिन्चरलाई नियुक्त गरेर ठूलो गल्ती गरेको स्वीकार गरेका छन् ।

पिन्चरलाई यौन दुर्व्यवहारको आरोपमा गत साता कन्जरभेटिभ पार्टीका सांसदबाट निलम्बन गरिएको थियो । यद्यपि, पिन्चरले यौन दुर्व्यवहारको आरोप अस्वीकार गर्दै आएका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सनको लोकप्रियतामा गिरावट

बेलायतका मन्त्रीहरुले किन छोडे प्रधानमन्त्री बोरिसको साथ