बेलायती प्रधानमन्त्रीले दिए राजीनामा
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । राजीनामा दिनुअघि उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
आफ्नो सम्बोधनको सुरुमा जोनसनले नयाँ नेता छनोटको प्रक्रिया अहिले सुरु गर्नुपर्ने र अर्को सातादेखि यसको समयतालिका सुरु हुने बताए ।
जोनसनले नयाँ नेता नआएसम्म आफू प्रधानमन्त्री पदमा रहने बताए । उनले भने, ‘हामीले बेलायतको हरेक भागको सम्भावनालाई उजागर र प्रोत्साहन गर्न आवश्यक छ ।’ उनले यदि बेलायतले त्यसो गर्न सके युरोपको सबैभन्दा समृद्ध देश हुने दाबी गरे ।
उनले नयाँ आउने नेतालाई आफूले पूर्ण समर्थन गर्ने पनि बताएका छन् ।
पछिल्ला दुई दिनमा जोनसनको मन्त्रिपरिषद्का धेरै मन्त्रीहरूले राजीनामा दिएका छन् र धेरै सांसदहरू उनको विरुद्धमा छन् ।
आगामी दिनमा कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र अक्टोबरमा पार्टीको महाधिवेशनपछि नयाँ प्रधानमन्त्रीको घोषणा हुनेछ ।
प्रधानमन्त्रीले सरकार चलाउन नसकेको भन्दै बेलायतका स्वास्थ्य र अर्थमन्त्रीले दिए राजीनामा
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया