NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रहरी प्रवक्तामा डिआइजी राई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष