NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने दुई युवा र होटल सञ्चालकलाई यस्तो सजाय

काठमाडौं । राउटे समुदायकी एक युवतीमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका दुई युवाबारे अदालतको फैसला गरेको छ ।

यौन दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिका–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सुर्खेत जिल्ला अदालतले सात-सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ ।

त्यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । साथै, उनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले शुक्रबार यस्तो सजाय तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिए ।

पुनले सञ्चालन गरेको बोटेचौरस्थित शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौनहिंसा भएको थियो । यौनहिंसा गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरू पक्राउ परेका थिए ।