श्रीलंकाको घटनाबाट नेपालका अचेत नेताहरूको चेत खुलोस् : उपसभापति गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले श्रीलंकाको राजनीतिक घटनाक्रमबाट पाठ सिक्न नेपालका नेताहरूलाई चेतावनी दिएका छन् ।
कुनै बेला दक्षिण एसियाकै राम्रो आर्थिक सूचाङ्क रहेको मुलुक आर्थिक रूपले टाट पल्टिएपछि त्यहाँका नागरिकहरूले महिनौदेखि सरकार विरुद्ध विद्रोह गरेका छन् । शनिबारमात्रै हजारौं प्रदर्शनकारीहरूले राष्ट्रिपति निवास कब्जामा लिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानतर्फ भागेका छन् ।
सत्ता गठबन्धनका नेतासमेत रहेका गुरुङले नेताहरूको नाममा खोलेको ट्रष्ट ÷फाउन्डेसहरूमा राज्यकोषबाट रकम हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको आरोप लगाए ।
‘नेताहरूको नाममा खोलेको ट्रष्ट÷फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ’, उनले भने, ‘यो भ्रष्टाचार हो । रोक्नु पर्छ । तर यो प्रबृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’
सुशील कोइराला सभापति भएकै समयमा आफूले यो विषय उठन गरेपनि भ्रष्टाचार गर्नेक्रम नरोकिएको भन्दै आइतबार सामाजिक सञ्जालमार्फत उनले चिन्ता व्यक्त गरे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया