संविधान नमिच्ने प्रगतिशील वाम शक्तिबीच एकता र सहकार्य आवश्यक छ : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता आवश्यक भएको बताएका छन् । साथै उनले चुनावपूर्व आफ्नो पार्टीको कुनै दलसँग एकता सम्भव नरहेको स्पष्ट पारे ।
‘आसन्न प्रतिनिधिसभा र प्रदेशको निर्वाचनपूर्व हाम्रो दल एकीकृत समाजवादी कुनै पनि दलसँग एकता हुने सम्भावना छैन,’ प्रेस संगठनले धनगढीमा सोमबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘बरु वाम एकताचाहिँ आवश्यक छ ।’ त्यसका लागि संविधान नमिचेका, प्रगतिको पक्षमा रहेका विचार मिल्ने समूह हुनुपर्ने उनको भनाइ छ ।
विगतमा वाम शक्तिलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको उल्लेख गर्दै उनले विचार मिल्ने वाम शक्तिसँग सहकार्य गर्न तयार रहेको बताए ।
गठबन्धन सरकारले एसपिपी रोकियो
नेता नेपालले गठबन्धन सरकारका कारण एसपिपी रोकिएको दाबी पनि गरेका छन् । यसलाई रोक्न खासगरी एकीकृत समाजवादीको भूमिकाले काम गरेको उनको दाबी छ । त्यसैगरी एमसिसी पनि एकीकृत समाजवादीकै कारण व्याख्यात्मक घोषणासहित संसद्बाट पारित भएको उनले जिकिर गरे ।
‘पूर्वएमालेले एमसीसीलाई आँखा चिम्लिएर पारित गर्न खोजेपछि त्यसविरुद्ध अडान राखेर रोकेका थियौं,’ नेता नेपालले भने, ‘अहिले प्रतिनिधिसभाबाट पारित गर्दा पनि हाम्रै अडानका कारण व्याख्यात्मक घोषणासहित पारित गरिएको हो ।
नेता नेपालले अहिले देशमा विदेशी चलखेल बढेको दाबी पनि गरे । यही कारण विभिन्न खाले परियोजना भित्रिरहेको उनको तर्क छ ।
‘देशमा अहिले विदेशी चलखेल बढेको छ । विभिन्न परियोजना भित्रिनुको कारण यही हो,’ नेता नेपालले भने ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया