NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

माओवादी नेता पन्तको पुस्तक ‘नेपाल एन्ड नेबर्स’मा मुख्य राजनीतिक घटनाक्रमबारे चर्चा

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा बौद्धिक नेता लक्ष्मण पन्तद्वारा विगतका छिमेकी मुलुकसँग नेपालको महत्वपूर्ण राजनीति घटना समेटेर ‘ नेपाल एन्ड नेबर्स : मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट’ पुस्तक प्रकाशित भएको छ ।

अंग्रेजीमा लेखिएको यो पुस्तकमा सात मुलुक र उत्तरी छिमेकी चीनमा बितेका दशकमा घटेका महत्वपूर्ण राजनैतिक घटनाहरूको विवरण र विश्लेषण पस्केका छन् ।

अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमहरूका विषयमा गहिरो ज्ञान राख्ने लेखक पन्तले उक्त अंग्रेजी पुस्तकमा आठ अध्याय रहेका छन् ।
नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, मालदीप र चीन प्रत्येक मुलुकलाई पृथक–पृथक च्याप्टरमा समावेश गरिएको छ ।
यस पुस्तकमा पन्तले ०४६ पछि सत्तामा रहेका किशुनजीदेखि बाबुराम भट्टराईसम्म आउँदा पनि नेपाल हेर्ने भारतको दृष्टिकोण किन बदलिएन भन्ने विषय नेपाल च्याप्टरमा चर्चा गरेका छन् ।

पुस्तकको इन्डिया च्याप्टरमा नक्सलाइट आन्दोलन, गोर्खाल्याण्ड आन्दोलन, इन्दिरा गान्धीको हत्या, मोदीलहर आदि घटनाक्रमहरू समेटिएका छन् । अङ्ग्रेजी भाषामा लेखिएको उनको यो तेस्रो कृति हो । यसभन्दा पहिला लेखक पन्तका दुई वटा कृति – ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’ र ‘नेपाल भारत र छिमेक’ नेपाली भाषामा लेखिएका दुई कृति प्रकाशित छन् ।

दुई सय जति सन्दर्भ सामाग्रीहरूमा आधारित रहेको पुस्तकमा सार्क राष्ट्र र चीनका राजनीतिमा रुचि राख्ने पाठकहरूका लागि उपयोगी हुने पन्तले विश्वास लिएका छन् । सरल अंग्रेजी भाषामा लेखिएको पुस्तकमा ५३९ पृष्ठहरू छन् ।