NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कांग्रेसमा सभापतिदेखि सदस्यसम्मको मर्यादाक्रम प्रस्ताव, को कति नम्बरमा ?

काठमाडौं । कांग्रेसले केन्द्रीय सभापतिदेखि पार्टीका सदस्यसम्मको मर्यादाक्रम तोकेको छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा सभापति पहिलो नम्बरमा रहेकोदेखि १२१ स्थानमा पार्टी सदस्य रहने मर्यादा क्रमको सूची प्रस्ताव भएको हो । क्रियाशील सदस्य १२० क्रममा छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकका मर्यादाक्रमको मस्यौदा पेश भएको जानकारी दिए ।

यो मर्यादाक्रम अनुसार पहिलोमा केन्द्रीय सभापति, दोस्रोमा पूर्व केन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्व प्रधानमन्त्री, पाँचौमा संसदीय दलका नेता, छैटौंमा केन्द्रीय पदाधिकारी, सातौमा संसदीय दलका पूर्व नेता, आठौंमा, पूर्व केन्द्रीय पदाधिकारी, नवौंमा केन्द्रीय सदस्य र १० औंमा राष्ट्रिय सभा दलका नेता हुनेछन् ।

११ औंमा प्रदेश सभापति, १२ औंमा केन्द्रीय आमन्त्रित सदस्य, १३ औं संघीय मन्त्री, १४ औंमा मुख्यमन्त्री, १५ औं पूर्व उपप्रधानमन्त्री, १६ औंमा पूर्व केन्द्रीय सदस्य, १७ औंमा प्रतिनिधिसभा दलको उपनेता, १८ औं राष्ट्रिय सभा दलको उपनेता, १९ औं प्रदेश पदाधिकारी र २० औंमा जिल्ला सभापति मर्यादाक्रममा रहने उल्लेख छ ।

२१ औं मा संघीय राज्यमन्त्री, २२ औंमा संघीय सहायक राज्यमन्त्री, २३ औंमा संघीय संसदका सदस्य, २४ औंमा प्रदेश संसदीय दलका नेता, २५ औं प्रदेशका मन्त्री, २६ औं मा पूर्व संघीय मन्त्री, २७ औं प्रदेश राज्यमन्त्री, २८ औंमा पूर्व संघीय राज्यमन्त्री, २९ औं मा प्रदेश सहायक राज्यमन्त्री र ३० औं मर्यादामा पूर्व संघीय सहायक मन्त्री रहने तोकिएको छ ।

३१ औंमा संघीय सभा सदस्य, ३२ औंमा प्रदेश संसद सदस्य, ३३ औंमा पूर्व प्रदेश मन्त्री रहनेछन् ।

महानगर प्रमुख ३८ औंमा, महासमिति सदस्य ३९ औंमा, भ्रातृ शुभेच्छुक संस्थाका प्रमुख ४० ओं नम्बरमा, जिल्ला पदाधिकारी ४३ औं, महाधिवेशन प्रतिनिधि ४५ औं स्थानमा छन् ।