लिउलाई माधवको आश्वासन : एक चीन नीतिमा दृढ छौंं
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू एक चीन नीतिको पक्षमा दृढ रहेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिसिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओसँग मंगलबार भएको भेटवार्तामा उनले यस्तो दृढता व्यक्त गरेका हुन् ।
काठमाडौंको एभरेष्ट होटलमा भएको भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको नेता नेपालले बताए ।
‘म र मेरो पार्टी चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको होस् वा ताइवानको, यी सबै चीनको आन्तरिक मामिला भएकाले हामी एक चीन नीतिमा दृढ छौं भनेर मैले उहाँलाई भनेँ,’ भेटपछि अध्यक्ष नेपालले भने ।
भेटवार्तामा एकीकृत समाजवादीका शीर्ष नेताहरू तथा चीनका प्रतिनिधिहरू पनि उपस्थित थिए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया