एमालेका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला जलाए

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् ।
देशमा महँगी र भ्रष्टाचार बढेको तथा आर्थिक संकट उत्पन्न हुँदा पनि सरकारले ध्यान नदिएको भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो ।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले गठबन्धन सरकार श्रीलंकाको बाटो हिँडिरहेको भन्दै नाराबजीसमेत गरेका थिए ।
प्रदर्शनपछि उनीहरूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सोक्रममा प्रहरीसँग झडपसमेत भएको थियो ।
विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै युवासंघका अध्यक्ष किरण पौडेलले नेपालको अर्थतन्त्र कमजोर रहेको अवस्थामा कमिसनका लागि हतियार किन्ने सरकारले किसानलाई चाहिने मल किन्नतिर ध्यान नदिएको बताए ।
‘हतियार किन्ने निर्णय नरोकिएसम्म निरन्तर आन्दोलन जारी रहनेछ,’ उनले भने ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया