बजेट सक्न कर्मचारीको धमाधम विदेश भ्रमण
काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट रोक्न गत वैशाखमा सरकारले अनिवार्य प्रतिनिधित्व हुनुपर्नेबाहेक निजामती कर्मचारीको विदेश भ्रमण रोक्ने निर्णय गरेको थियो । तर बजेट सक्न आर्थिक वर्षको अन्त्यमा विदेशक सयमा कर्मचारी लर्को लागेका छन् । मध्य जेठयता मात्रै एक सय ७९ कर्मचारी विदेश भ्रमणमा गएका छन् ।
खासगरी बजेट धेरै भएका मन्त्रालयहरू अर्थ, कृषि, पर्यटन, वन तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट ठूलो संख्यामा कर्मचारीले विदेश भ्रमण गरेका छन् । जेठको दोस्रो सातायता कृषि मन्त्रालयका ६०, वन तथा वातावरण मन्त्रालयका ४१, अर्थ मन्त्रालयका ४०, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका २६ र पर्यटन मन्त्रालयका १२ कर्मचारीले विदेश भ्रमण गरेका छन् । यीमध्ये अधिकांश फर्किसकेका छन् भने बाँकी पनि फर्किंने क्रममा छन् ।
विदेश घुम्न जाने निजामती कर्मचारीलाई सरकारले भत्ताको व्यवस्था गरेको छ । अघिल्ला दुई वर्ष भने कोभिडको विश्वव्यापी महामारीका कारण कर्मचारीको विदेश भम्रमण खुम्चिएको थियो ।
त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले बजेट सक्न गरिने विदेश भ्रमण गलत भएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया