प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा नागरिकता विधेयक, २०७९ पेस गर्ने आजको सम्भावित कार्यसूची छ ।नागिरकता विधेयक बहुप्रतिक्षित भए पनि लामो समयदेखि अघि बढ्न सकेको थिएन ।
संसदमा यसअघि प्रस्तुत नेपाल रेल्वे विधेयक, २०७९ मा सांसदहरूले संशोधन अघि सारेका छन् । त्यसलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गर्ने अर्को कार्यसूची पनि आजको छ ।
संसद् सचिवालयका अनुसार, आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका सम्भावित कार्यसूची पनि छन् ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया