प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । अहिले बिहान ११ बजेका लागि बैठक तय भएको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा नागरिकता विधेयक, २०७९ पेस गर्ने आजको सम्भावित कार्यसूची छ ।नागिरकता विधेयक बहुप्रतिक्षित भए पनि लामो समयदेखि अघि बढ्न सकेको थिएन ।
संसदमा यसअघि प्रस्तुत नेपाल रेल्वे विधेयक, २०७९ मा सांसदहरूले संशोधन अघि सारेका छन् । त्यसलाई निर्णयार्थ प्रस्तुत गरेर पारित गर्ने अर्को कार्यसूची पनि आजको छ ।
संसद् सचिवालयका अनुसार, आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका सम्भावित कार्यसूची पनि छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया