श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्री कार्यवाहक राष्ट्रपतिमा नियुक्त
काेलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । संसद्का सभामुखले बताएअनुसार संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजपाक्षेले उनलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको ती अधिकारीले बताएका छन् ।
यसबारे राजापक्षे आफैंले कुनै सार्वजनिक घोषणा गरेका छैनन् ।
केही दिनदेखि सबै घोषणाहरू संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट आएका छन् । यसअघि विक्रमसिङ्घेले देशमा संकटकाल घोषणा गरेका थिए । प्रधानमन्त्रीको कार्यालयका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया