श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्री कार्यवाहक राष्ट्रपतिमा नियुक्त

काेलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । संसद्का सभामुखले बताएअनुसार संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजपाक्षेले उनलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको ती अधिकारीले बताएका छन् ।
यसबारे राजापक्षे आफैंले कुनै सार्वजनिक घोषणा गरेका छैनन् ।
केही दिनदेखि सबै घोषणाहरू संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट आएका छन् । यसअघि विक्रमसिङ्घेले देशमा संकटकाल घोषणा गरेका थिए । प्रधानमन्त्रीको कार्यालयका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया