NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

इस्लिङटन कलेज सम्पन्न गर्‍यो दीक्षान्त समारोह, ५०२ जना दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको समारोह सम्पन्न भएको छ । कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा सन् २०२० मा स्नातक तहअन्तर्गत स्पेसलाइजेसन बिएससी, कम्प्युटिङ, कम्प्युटर नेटवरकिङ तथा आइटी सेक्युरिटी र मल्टीमिडीया टेक्नोलोजीजका ५ सय २ जना विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

कलेजका अनुसार दिक्षान्त समारोहमा सन् २०२० मा  स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फरमेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षीत भएका छन्  । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बिएससी, कम्प्युटिङ, कम्प्युटर नेटवरकिङ तथा आइटी सेक्युरिटी र मल्टीमिडीया टेक्नोलोजीजका विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भएको कलेजले उल्लेख गरेको छ ।

सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फरमेसन टेक्नोलोजी तह पुरा गरेका ४६ जना विद्यार्थीले दिक्षान्त समारोहमा सहभागिता जनाएका थिए । कलेजले कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह गरेको  थिएन् । यसै कारण यो वर्ष कलेजले सन् २०२० र २०२१ को  दिक्षान्त समारोह एकैसाथ आयोजना गरेको थियो ।

विगतको वर्ष कोभिड संक्रमणको कारण दिक्षान्त समारोह कलेजले स्थगित गरेको थियो । कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने जनाएको छ ।  उक्त समारोहमा सन् २०२० मा विजनेस डिग्री विषयमा स्नातक तह गर्ने ७४ र  सन् २०२१ मा विजनेस एडमिनिस्टेसन तथा एमबिए तह   पुरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भएको कलेजले जानकारी गराएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्धारा सञ्चालित छ । समारोहमा विश्वविद्यालयका शैक्षिक साझेदारी प्रमुख, डाक्टर वेन्डी ब्लोइसी ले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट भएको बताए । उक्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयाको हाई ¥याङकिङमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताए । उनले दिक्षीत विद्यार्थीका लागि शुभकामनासमेत व्यक्त गरेका थिए ।

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ, नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउदै आएको छ । त्यस्तै  बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष