८० राउण्ड गोलीसहित एक पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मङ्गलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियङ्का मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद रु ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।
उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मङ्गलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो ।
उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटाना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया