कालीकोटमा २१ कृषक पुरस्कृत
कालीकोट । जिल्लाका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट उहाँहरुलाई पुरस्कृत गरेको हो ।
मुख्यमन्त्री उत्कृष्ट पुरस्कारअन्तर्गत प्रथम हुने कृषकलाई रु १० हजार, द्वितीयलाई रु सात हजार र तृतीयलाई रु पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ । फलफूल, तरकारी, खाद्यान्न बाली, मसला बाली, आलु खेती नगदे बाली, मौरीपालन तथा च्याउ खेती गर्ने उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालयका नायब सुब्बा गणेशबहादुर बुढाले जानकारी दिए ।
कृषकले गरेको उत्कृष्ट कामको प्रशंसा गर्दै आगामी दिनमा कृषकको हितका लागि विभिन्न कार्यक्रम ल्याइने कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटाले बताए । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धनजीतबहादुर शाहीलगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया